रिगललाई माफी दिएकोबारे सरकारले सदनमा जवाफ दिनुपर्छ : गगन थापा

नेपालभ्युज

रिगललाई माफी दिएकोबारे सरकारले सदनमा जवाफ दिनुपर्छ : गगन थापा

काठमाडौं । सत्ताघटक दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गुन्डा नाइके रिगल भनिने योग ढकाललाई आममाफी दिने निर्णयबारे सरकारले सदनमा जवाफ दिनुपर्ने माग गरेका छन्।

बिहीबारको संसद बैठकमा बोल्दै महामन्त्री थापाले भने– ‘निर्णय गलत भएकाले विरोध भएको छ। अहिले त्यो मुद्दा अदालतमा पनि पुगेको छ। सदनमा पनि कुरा उठेकाले सरकारले सदनमा उभिएर कारण बताउँनुपर्छ।’

सांसद थापाले संविधान दिवसका दिन सरकारले संविधानको मर्मविपरीत र कानूनको छिद्रबाट कैद मिनाहा गरिएको पनि बताए ।

गम्भीर अपराधमा दोषी ठहर गरिएकालाई कैद मिनाहा गर्न नहुने उनको भनाइ थियो ।

‘सरकारले यहाँ उभिएर आएर यसको कारण हामीलाई बताउनुपर्छ । यसको फेस गर्नुपर्छ । जवाफ दिनुपर्छ । निर्णय आफु गरेर भाग्न पाइँदैन । हामीलाई यसको जवाफ चाहिन्छ’, उनले भने, ‘दुई वटा, तीन वटा कानून होइन अब, यो सबै छिद्र टाल्नुपर्ने छ । एउटै कानूनमा टेकेर मात्रै गर्ने ठाउँ हामीले बनाउनुपर्ने छ ।’

उनले सत्तामा हुँदा र प्रतिपक्षमा हुँदा सत्य फरक–फरक नहुने तर्क गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved