राष्ट्रपति भेटेर रास्वपा नेताहरूले बुझाए ध्यानाकर्षण पत्र, आममाफीप्रति आपत्ति

नेपालभ्युज

राष्ट्रपति भेटेर रास्वपा नेताहरूले बुझाए ध्यानाकर्षण पत्र, आममाफीप्रति आपत्ति

काठमाडौं । संविधान दिवसका दिन सरकारको सिफारिसमा राष्ट्रपतिले दिएको आममाफीप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएका छन् ।

रास्वपाले राष्ट्रपति पौडेलले कर्तव्य ज्यानमुद्दामा दोषी ठहर भएर सर्वस्वसहित जेल सजाय भोगिरहेका नेपालगञ्जका तरुण दलका नेता रिगल भनिने योग ढकाललाई उन्मुक्ति दिएकोमा आपत्ति जनाउँदै ध्यानाकर्षण गराएको हो ।

सोमबार रास्वपाका सभापति रवि लामिछाने, महामन्त्री मुकुल ढकाल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावललसहितका नेताहरूले शीतलनिवास पुगेर ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

‘यहाँ स्वयंले केहीको नाम काटेर सरकारको सिफारिस कार्यान्वयन गर्नुभएको चर्चा भएपनि माफी मिनाहको सूचीमा परेका बाँकेका रिगल भनिने योगराज ढकाल, बाँकेकै चेतन मानन्धरको हत्या अभियोगमा २०७५ वैशाखमा जन्मकैदको सजाय पाएका तरुण दलका स्थानीय नेता ढकाललाई कैदमुक्त गराउन सरकारको गरेको सिफारिस कानूनको अभिष्ट विपरीत भएको तथ्य स्पष्ट छ ।’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved