झलनाथ भन्छन्- मैले सर्प पालेकै छैन, मेरो नाम जोडेर बदनाम गर्न खोजियो

नेपालभ्युज

झलनाथ भन्छन्- मैले सर्प पालेकै छैन, मेरो नाम जोडेर बदनाम गर्न खोजियो

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सर्प पालनमा आफ्नो नाम मुछेर आलोचना गर्ने गरेको भन्दै आपत्ति जनाएका छन् ।

बुधबार काठमाडौंमा आयोजित नेपाल सर्ट फिल्म अवार्ड २०२३ लाई सम्बोधन गर्दै उनले सर्लाही जाँदा सर्पको टोकाइका कारण मृत्युवरण गर्नुपरेको घटना देखेकाले सर्पदंशका बिरामीलाई देशमै उपचार हुनुपर्ने र औषधि बन्नुपर्ने माग सम्बोधन गर्नका लागि आवाज उठाएको तर सर्प पालन नगरेको स्पष्टीकरण दिएका छन् ।

उनले सर्प पाल्ने काममा आफ्नो कुनै लगानी नरहेको पनि बताए ।

‘मलाई शंका लाग्दा लाग्दै पनि ल ठीक छ राख्नुस् भनेर मेरो नाममा राख्नुभयो नाम । मेरो नाम राख्नुभयो । त्यो नाम राखेर उहाँहरुले के के गर्नुभयो ? म त राजनीतिक मान्छे, म राजनीतिलाई पेशा, व्यवसाय, कमाउ, धमाउ मान्दिनँ’, उनले भने, ‘कतिपयले मेरो नाममा नराम्रो गर्छन् भने ती अपराधी हुन् ।’

पूर्वप्रधानमन्त्री खनालले साहित्य, कला र संस्कृतिको संरक्षण गरेर मात्रै समृद्ध मुलुक बनाउन सकिने पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved