पर्यटन दिवस

पर्यटन क्षेत्रको विकासमा बोर्डभित्रकै खुम्लेकिरा बाधक : मन्त्री किराती

नेपालभ्युज

पर्यटन क्षेत्रको विकासमा बोर्डभित्रकै खुम्लेकिरा बाधक : मन्त्री किराती
फाइल फोटो

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन बोर्डभित्र खुम्लेकिरा रहेको टिप्पणी गरेका छन्।

बुधबार पर्यटन दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पर्यटन बोर्डभित्र खुम्लेकिरा भएका कारण पर्यटन क्षेत्र चलायमान बन्न नसकेको बताएका हुन्।

उनले पर्यटन बोर्डलाई सक्रिय बनाएर पर्यटन प्रवर्द्धनका निम्ति अघि बढ्ने प्रतिबद्धता जनाए। उनले कालोसूचीलाई हटाएर पर्यटकलाई विश्वसनीयता बनाउनका निम्ति काम गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले हवाई क्षेत्रमा अझै नीतिगत र संरचनागत सुधार गर्दै निगमलाई अघि बढाउने कोशिस भइरहेको बताएका हुन्।

निगमद्वारा जहाज खरिद गर्ने अन्तिम चरणतिर रहेको पनि उनले बताएका हुन्। उनले धेरैभन्दा धेरै पर्यटक ल्याउने उद्देश्यले जहाज खरिदको प्रक्रिया अघि बढाएको भन्दै जहाज खरिदको विषयमा नकारात्मक ढंगले टिप्पणी गर्नेहरू देशभक्त हुन नसक्ने बताए । -रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved