इन्द्रजात्राको दोस्रो दिन : हनुमानढोकामा कुमारी पूजा (तस्वीरहरू)

अन्नप्राशन गरेका तर बेल विवाह नगरेका कन्याहरूको पूजा गरी कुमारी पूजा मनाइएको हो।

इन्द्रजात्राको दोस्रो दिन : हनुमानढोकामा कुमारी पूजा (तस्वीरहरू)

काठमाडौं। इन्द्रजात्राको अघिल्लो दिन अर्थात् भाद्र त्रयोदशीका दिन आज काठमाडौंको हनुमानढोका दरबार परिसरमा कुमारी पूजा सम्पन्न भएको छ। अन्नप्राशन गरेका तर बेल विवाह नगरेका कन्याहरूको पूजा गरी कुमारी पूजा मनाइएको हो। बाल कन्यालाई कुमारी पूजा गराई प्रसाद ग्रहण गर्नाले विभिन्न रोगव्याधीबाट बच्न सकिने धार्मिक विश्वास रहँदै आएको छ।

कुमारी पूजा गर्दा देशमा अनिष्ट नहुने, बालबालिकाहरू निरोगी हुने तथा जीवनमा आइपर्ने बाधा अड्चनसमेत हट्ने जनविश्वास छ। विगतका वर्षहरूदेखि विश्व हिन्दू महासंघको आयोजनामा हनुमानढोका दरबार परिसरमा इन्द्रजात्राको अघिल्लो दिन ५ सय ४ जना कुमारीको पूजा हुँदै आएको छ।

विधिवत् पूजा सकिएपछि सांस्कृतिक बाजागाजासहित कुमारी पूजामा सरिक बालिकाहरूलाई तलेजु भवानीको दर्शन गराई हनुमान ढोका दरबारस्थित मूलचोक, नासल चोक तथा वरपरका देवीदेवताको दर्शन गराइएपछि कुमारी पूजा विधिवत् रूपमा समापन गरिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved