किरात राई समुदायले आज उभौली पर्व मनाउदै, भूमेस्थानमा पूजा आरधना

नेपालभ्युज

किरात राई समुदायले आज उभौली पर्व मनाउदै, भूमेस्थानमा पूजा आरधना

काठमाडौं । किरात राई समुदायले आज उभौली पर्व मनाउदै छन् । हरेक वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी उभौली मनाउन लागेका हुन् ।

बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा प्रकृतिको पूजा आराधना गर्ने प्रचलन छ । गर्मी बढेसँगै यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो ।

वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किरात समुदायको विश्वास छ ।

नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर जान्छन् भन्ने मान्यता छ ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेकाहरु आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने भनाइ पनि रहेको छ ।

यस पर्वका अवसरमा चण्डी नाचसमेत नाचिन्छ । यसै कारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ । आज साकेला नाच पनि नाच्ने गरिन्छ । ललितपुरको हात्तीवनस्थित साकेलास्थानमा आज पूजा आराधना गरिदै छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved