बुद्धले दिएका उपदेश अनुकरणीय रहेको प्रधानमन्त्री प्रचण्डको सन्देश

नेपालभ्युज

बुद्धले दिएका उपदेश अनुकरणीय रहेको प्रधानमन्त्री प्रचण्डको सन्देश

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मानव जातिको हित र शान्तिका लागि बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धले दिएका सन्देश अनुकरणीय रहेको बताएका छन् ।

विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८औं जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव र मानव कल्याणको बाटो देखाएकाले नै बुद्धका विचार विश्वभरि लोकप्रिय र कालजयी रहन सकेको बताए ।

प्रचण्डले आफ्नो सन्देशमा नेपाली भूमिमा जन्म लिएका बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको संकल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधिज्ञान प्राप्त गरेको प्रसङ्ग महत्वपूर्ण रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले बुद्ध जयन्तीले बुद्ध दर्शन र धर्मको अहिंसात्मक शान्ति सन्देश तथा भ्रातृत्व भावनालाई आत्मसात् गर्दै मिलेर अगाडि बढ्ने प्रेरणा मिलोस् भनी कामना गरेका छन् । प्रचण्डले बुद्ध जयन्तीका अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख शान्तिको कामना समेत गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved