राष्ट्रपति पौडेलको सन्देश – ‘बुद्ध जन्मभूमीको नागरिक हुनु गौरवको विषय’

नेपालभ्युज

राष्ट्रपति पौडेलको सन्देश – ‘बुद्ध जन्मभूमीको नागरिक हुनु गौरवको विषय’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु गौरवको विषय भएको बताएका छन् । २५६८ औँ बुद्ध जयन्तीको शुभकामना दिँदै राष्ट्रपति पौडेलले बुद्धको जन्मभूमीको नागरिक हुन पाउनु हरेक नेपालीका लागि गौरव भएको उल्लेख हुन् ।

पौडेलले सन्देशमा भनेका छन् , “शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबिच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सकिने विश्वास मैले लिएको छु ।”

उनले सन्देशमा गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै हरेक व्यक्ति, समाज र विश्व समुदायबिच शान्ति, सहअस्तित्व थप सुदृढ गर्दै लैजाने अभियानमा लाग्न विश्वभरिका मानव समुदायलाई प्रेरणा मिलोस् भन्ने कामनासमेत गरेका छन् ।

त्यस्तै, राष्ट्रपति पौडेलले उभौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै सबै समुदायका नेपालीबिच सामाजिक र सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

राष्ट्रपति पौडेलले हरेक सांस्कृतिक पर्वले मुलुकको सांस्कृतिक विविधतालाई कायम राख्दै समानता र सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायबिच आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पुग्ने विश्वास गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved