खाना खानेबित्तिकै चिया-कफी पिउँदा के हुन्छ ?

नेपालभ्युज

खाना खानेबित्तिकै चिया-कफी पिउँदा के हुन्छ ?

एजेन्सी। रातिको खानपिन गरिसकेपछि चिया-कफी सेवन गर्नाले तनाव तथा निद्रा कम हुने जस्ता समस्या देखिन  सक्छन् । भोजनपछि यस्ता चिज खाँदा पाचन प्रक्रियालाई नराम्रो असर पार्छन् । रातमा भोजनपछि चिया-कफी पिउँदा हुने नराम्रा असर बारे जानौं ।

रातमा भोजन गरिसकेपछि चिया-कफी पिउँदा तनाव र एन्जाइटी जस्ता समस्या हुन सक्छन् । यसले शरीरमा स्ट्रेस हर्मोनको स्तर बढ्छ, जसले गर्दा डराउने आत्तिने जस्ता समस्या पनि हुन्छन् ।

चिया तथा कफीमा क्याफिनको मात्रा धेरै हुन्छ, जसले गर्दा निद्रा खराब हुन्छ । यसले निद्राको गुणात्मकतालाई कम गर्छ अर्थात गहिरो निद्रा लाग्दैन ।

कफी धेरै मात्रामा लिँदा पेटमा पनि समस्या हुन सक्छ । रातमा भोजन पछि चिया वा कफी पिउँदा एसिडिटी तथा छाती पोल्ने जस्ता समस्या पनि हुन सक्छन् ।

रातमा खानपिनपछि चिया-कफी पिउँदा रगतमा चिनीको मात्रा पनि बढ्छ । यदि, तपाईं चिनी राखेर चिया-कफी पिउनुहुन्छ भने यसले भविष्यमा गएर मधुमेहको समस्या पनि हुन सक्छ ।

रातमा चिया-कफी पिउँदा शरीरलाई खानाबाट पाइने पोषक तत्त्वमा पनि कमी हुन सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved