यती विमान दुर्घटना : जाँचबुझ आयोगले मन्त्री किरातीलाई बुझायो प्रतिवेदन

नेपालभ्युज

यती विमान दुर्घटना : जाँचबुझ आयोगले मन्त्री किरातीलाई बुझायो प्रतिवेदन

काठमाडौं ।  ०७९ माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलायन्सको विमान दुर्घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको छ ।

आयोगले   बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई अन्तिम प्रतिवेदनको मस्यौदा बुझाएको आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए ।

उनका अनुसार अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ)को प्रावधानअनुसार यस घटनासँग सरोकार राख्ने विभिन्न मुलुकको अन्तिम सुझाव प्राप्त भएको ६० दिनपछि प्रतिवेदन सार्वजनिक गरिनेछ ।

दुर्घटनालगत्तै सरकारले पूर्वसचिव नगेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय दुर्घटना जाँचबुझ आयोग गठन गरेको थियो ।

उक्त दुर्घटनामा चालकदलका ४ सदस्य र ६८ यात्रुसहित जहाजमा सवार सबै ७२ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved