डढेको छाला चम्काउने स्क्रब अब घरमै बनाउनुहोस्

नेपालभ्युज

डढेको छाला चम्काउने स्क्रब अब घरमै बनाउनुहोस्

एजेन्सी । दिनभरि घाम तथा धूलो माटोमा रहने गर्दा छालाको रंग नै कालो भइदिन्छ । यस्तोमा त्यसलाई प्राकृतिक निखार ल्याउनका लागि तपाईं बजारका विभिन्न उत्पादनहरूको प्रयोग गर्नुहुन्छ । त्यस्ता बाहिरी सामग्रीको प्रयोग गर्नुको सट्टा घरमै घामले डढेको छालालाई चम्काउने स्क्रब यसरी तयार गर्न सकिन्छ ।

कागती र चिनी

यदि, तपाईंको छाला एकदमै चिल्लो छ भने त्यस्तो छालामा घामले डढेको कालो हटाउनका लागि कागती र चिनीबाट बनेको स्क्रबको प्रयोग एकदमै राम्रो मानिन्छ ।

यसलाई बनाउनका लागि सबैभन्दा पहिला एउटा कचौरामा आवश्यक अनुसार चिनी र एउटा कागतीको रस राम्रोसँग मिसाउनुहोस् । त्यसपछि उक्त स्क्रबलाई घामले जलेको छालामा लगाउनुहोस् । यसलाई गोलो तरिकाले घुमाउँदै मसाज गर्नुहोस् । १०–१५ मिनेटपछि छालालाई सफा पानीले धुनुहोस् । यसले तपाईं सम्पूर्ण शरीरमा पनि प्रयोग गर्न सक्नुहुन्छ ।

मह र चामल

छाला घामले जलेर कालो भएकोमा यदि, तपाईं कागतीको प्रयोग गर्न चाहनुहुन्न भने तपाईं मह र चामलको प्रयोग पनि गर्न सक्नुहुन्छ । यसलाई बनाउनका लागि एउटा कचौरामा आवश्यक अनुसार मह राख्नुहोस् र यसमा चामलको पिठो मिसाएर राम्रोसँग घोल्नुहोस् ।

अब उक्त पेस्टलाई जलेको छालामा राम्रोसँग लगाउनुहोस् । यसलाई तपाईंले सम्पूर्ण शरीरमा पनि प्रयोग गर्न सक्नुहुन्छ । पेस्ट लगाएर केहीबेर हातले मालिस गरेर १० मिनेट जति राखेर त्यसलाई पखाल्नुहोस्। यसले पनि छाला कोमल बनाउनुका साथै प्राकृतिक रूपमै चम्किलो र चिल्लो छाला बनाउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved