निद्रा नपुग्दा हुन सक्छन् यी ७ स्वास्थ्य समस्या

नेपालभ्युज

निद्रा नपुग्दा हुन सक्छन् यी ७ स्वास्थ्य समस्या

एजेन्सी । अहिलेको खराब जीवनशैलीमा मानिसहरू धेरै कम सुत्ने वा समयमा नसुत्ने जस्ता समस्याहरूबाट गुज्रिरहेका हुन्छन् । तर, यसरी शरीरमा नियमितरूपमा निद्रा नपुग्दा विभिन्न शारीरिक समस्याहरू हुन सक्छन् ।

इम्युनिटी कमजोर हुनु

धेरै अध्ययनहरूबाट यस्तो कुरा पत्ता लागेको छ, शरीरले पूर्णरूपमा निद्रा प्राप्त नगर्दा शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि घट्दै जान्छ ।

तौल बढ्ने

अहिलेको आम समस्याको रूपमा देखिएको एउटा मुख्य समस्या तौल बढ्नु हो । यो अन्य धेरै कारणले हुन्छ तर एउटा कारण पूर्णरूपमा निद्रा नलिनु पनि हो ।

उच्च रक्तचाप

उच्च रक्तचापको समस्या पनि धेरैजसो खराब जीवनशैली तथा कम निद्रा लिनाले हुने समस्या हो । यदि, स्वस्थ रहन छ भने निद्रा पूरा गर्न जरुरी हुन्छ ।

बुढ्यौली

भरपूर निद्रा नलिँदा छालामा उमेर अघि नै बुढ्यौलीको संकेतहरू देखिन थाल्छन् । जसले गर्दा छालामा चाउरीपना आउने, काला दाग धब्बाहरू बन्ने जस्ता समस्याहरू देखिन सक्छ ।

स्मरण शक्तिमा असर

निद्रा कम लिँदा हुने मुख्य समस्यामा कमजोर स्मरण शक्ति पनि पर्छ । स्मरण शक्ति कमजोर हुने तथा तनाव र चिडचिडापन बढ्ने पनि निद्रा पूरा नहुँदा देखिन समस्या हो ।

पाचन खराब

कम निद्रा लिँदा शरीरले राम्रोसँग खाना पचाउन पाउँदैन । जसले गर्दा पाचनसम्बन्धी समस्या जस्तै ग्यास, एसीडीटी, कब्जियत आदि समस्या देखिन थाल्छ ।
निद्रा कम लिनु भनेको हृदय घातको खतरा बढाउनु पनि हो । निद्रा पूरा भयो भने मुटुको स्वास्थ्य पनि राम्रो हुन्छ मन शान्त तथा गम्भीर रहने गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved