सेतो चामल एक महिनासम्म नखाँदा स्वास्थ्यमा कस्तो असर पर्ला ?

नेपालभ्युज

सेतो चामल एक महिनासम्म नखाँदा स्वास्थ्यमा कस्तो असर पर्ला ?

एजेन्सी । सेतो चामल हाम्रो नेपाली खानाको एकदमै महत्त्वपूर्ण हिस्सा हो । यो बिना हाम्रो दैनिक साँझबिहानको खाना नै अपूरो हुन्छ । किनकि, चामललाई पकाएर नखाँदासम्म हाम्रो भोक नै मेटिँदैन ।

स्वास्थ्यमा कतिपय समस्या देखिँदा चामल वा भात नखाने सल्लाह डाक्टरले दिन्छन् । अथवा हामीले खानपिन नियन्त्रण गर्दा होस् वा मोटोपन घटाउँदा भात खान अलि कम गर्छौं । यसरी नै एक महिना यदि, भात खाइएन भने स्वास्थ्यमा कस्तो असर पर्दोरहेछ जानौं ।

चामलमा कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ र अन्य पोषक तत्त्वहरूको कमी हुन्छ । यसका साथै चामललाई स्टार्चको मात्रा धेरै हुने भएकाले यसलाई आवश्यकभन्दा धेरै सेवन गर्नु स्वास्थ्यका लागि राम्रो मानिँदैन ।

यदि, मानिसले धेरै मात्रामा चामल वा भातको सेवन गर्छ भने उसलाई मधुमेह हुने खतरा धेरै नै हुन्छ । साथमा चामलको धेरै सेवनले तौल पनि बढ्ने अत्यधिक सम्भावना हुन्छ ।

यदि, हामीले सेतो चामल एक महिनासम्म सेवन गरेनौं भने कतिपय भिटामिन, मिनरल्स आदिको कमी पनि हुन सक्छ । जसले गर्दा कमजोरी, आलस, तथा स्वास्थ्य सम्बन्धी अन्य केही समस्या पनि देखिन सक्छ ।

तर, जसले हामीले भनेअनुसार चामलको अत्यधिक सेवनले तौल बढ्छ । त्यसरी नै यदि, एक महिनासम्म चामलको सेवन गरिएन भने मानिसको तौल घट्न सक्छ । चामलमा कार्बोहाइड्रेट्सको राम्रो मात्रा हुन्छ जसले शरीरलाई ऊर्जा दिने काम गर्छ । यसले तौल बढ्दैन, तर आलस्य आउँछ जसले गर्दा मानिस भात खाएपछि निष्कृय हुने गर्छ, फलस्वरूप तौल बढ्छ ।

त्यस्तै, चामल सीमित मात्रामा सेवन गरेमा यसमा फाइबर पनि हुन्छ । जसले पाचन प्रक्रियालाई सुधार गर्ने काम गर्छ र कब्जियत, ग्यास तथा पेट फुल्ने आदि समस्याको खतरा हुँदैन ।

चामललाई पूर्णरूपमा निषेध गर्न सकिँदैन । तर, मानिसले जहिले पनि चामललाई सीमित वा आवश्यकताअनुसार मात्र सेवन गर्नुपर्दछ । यसलाई पूर्णरूपमा छोड्नु पनि सही होइन र यसको धेरै मात्रामा सेवन गर्नु पनि हानिकारक हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved