सरकारले बोलाएको वार्तामा शिक्षक महासंघ नजाने

भोलिदेखि विद्यालय खुल्न पनि नदिने

नेपालभ्युज

सरकारले बोलाएको वार्तामा शिक्षक महासंघ नजाने

काठमाडौं । संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकविरुद्ध आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासंघले वार्ताका लागि सरकारले गरेको आग्रहलाई अस्वीकार गरेको छ ।

बुधबारदेखि देशभरका विद्यालय ठप्प पार्ने गरी आन्दोलनको घोषणा गरेको महासंघले वार्ताका लागि शिक्षा मन्त्रालयले गरेको आग्रह अस्वीकार गरेको हो ।

महासंघले वार्ता नबसी झन् सशक्त आन्दोलनका कार्यक्रम गर्ने तयारी गरेको छ ।

आन्दोलन स्थगित गरेर वार्तामा आउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक महासंघलाई सोमबार आह्वान गरेको थियो।

महासंघले विभिन्न १८ वटा बुँदामा असहमति जनाउँदै आन्दोलन घोषणा गरेको हो ।

महासंघले यसअघि पनि सरकारसँग पटकपटक वार्ता भएको तर विधेयक ल्याउँदा बेवास्ता गरिएकोले वार्ताको औचित्य नभएको प्रतिक्रिया दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved