एसिया कप क्रिकेट : फाइनलमा श्रीलंका ५० रनमै अलआउट

नेपालभ्युज

एसिया कप क्रिकेट : फाइनलमा श्रीलंका ५० रनमै अलआउट

काठमाडौं। एसिया कप क्रिकेटको फाइनलमा भारतविरुद्ध श्रीलंका ५० रनमै अलआउट भएको छ ।

श्रीलंकामा जारी खेलमा भारतका मोहम्मद सिराजले घातक बलिङ गरेपछि श्रीलंकाले ५१ रनको झिनो लक्ष्य दिएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका भारतसँग निरीह बन्यो र १५.२ ओभरमै अलआउट भयो ।

श्रीलंकाका कुसल मेन्डिसले सर्वाधिक १७ रन बनाए । दुशन हेमन्था १३ रनमा अविजित रहे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

सिराजले ६ विकेट लिए । सात ओभर बलिङ गरेका उनले २१ रन मात्रै दिएका थिए । सिराजले तेस्रो ओभरमा लगालग ४ विकेट लिएका थिए । हार्दिक पान्ड्याले ३ र जस्प्रित बुमराहले १ विकेट लिए।

एकदिवसीय क्रिकेटमा श्रीलंकाको यो अहिलेसम्मकै कम स्कोर हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved