सागरले आईडब्लूए वर्ल्ड च्याम्पियनसिपमा बनाए ३ राष्ट्रिय कीर्तिमान

नेपालभ्युज

सागरले आईडब्लूए वर्ल्ड च्याम्पियनसिपमा बनाए ३ राष्ट्रिय कीर्तिमान
तस्वीर स्रोतः नेपाल भारोत्तोलन संघ/फेसबुक

काठमाडौं। नेपाली भारोत्तोलन खेलाडी सागर भण्डारीले आईडब्लूए वर्ल्ड च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमान बनाएका छन्।

साउदी अरेबियाको रियादमा जारी च्याम्पियनसिपमा भण्डारीले पुरुष १०९ केजी तौल समूहमा स्न्याचमा १२८ केजी, क्लिन एन्ड जर्कमा १६३ केजी र कुलमा २९१ केजी  उचालेर ३ वटा नयाँ राष्ट्रिय रेकर्ड राख्न सफल राष्ट्रिय कीर्तिमान बनाएका हुन्।

भण्डारीले आफ्नै पुरानो राष्ट्रिय कीर्तिमान स्न्याचमा १२२, क्लिन एन्ड जर्क १६२ र कुलमा २८४ लाई तोडेर ३ नयाँ राष्ट्रिय रेकर्ड राख्न सफल भएको नेपाल भारोत्तोलन संघले जनाएको छ।

नेपालले वर्ल्ड भारोत्तोलन च्याम्पियनसिपमा १६ वर्षपछि भाग लिएको थियो। प्रतियोगितामा भाग लिएका ५ खेलाडीले नै राष्ट्रिय कीर्तिमानमा सुधार ल्याउने प्रयत्न गरेका थिए। पुरुषतर्फ नै विशालसिंह विष्टले ९३ केजी र विकास भट्टले ८१ केजीमा नयाँ कीर्तिमान बनाए। महिला खेलाडी शारदा चौधरी र टिकामाया गुरुङ भने राष्ट्रिय कीर्तिमान बनाउन असफल रहे।

चीनको हान्झाउमा आयोजना हुने १९औं एसियाली खेलकुदमा सहभागी हुने खेलाडीले वर्ल्ड च्याम्पियनसिप खेल्ने अवसर पाएका थिए। सहभागी ५ खेलाडीले नै असोज ६ देखि २१ २३ सेप्टेम्बर देखि ८ अक्टोबरसम्म आयोजना हुने एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved