बीपीको विचारलाई मूर्ति झैँ पूजा गर्ने कुरा ठूलो अन्याय होः महामन्त्री थापा

नेपालभ्युज

बीपीको विचारलाई मूर्ति झैँ पूजा गर्ने कुरा ठूलो अन्याय होः महामन्त्री थापा

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बीपी कोईरालाको विचारलाई मूर्ति झैँ पूजा गर्नेकुरा बिपीमाथिको ठूलो अन्याय भएको बताएका छन् ।

शनिवार बिपी कोईरालाको जेल डायरी लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बिपीलाई महामानव भन्दैगर्दा त्यसको आवरण भित्र गुम्सिएका महाविचार ओझेलमा परेको बताए ।

उनले महामानव भनेर बीपीको विचारमा छलफल नै गर्नु नहुने, मूर्ति पूजा गरेको जस्तो गर्दा बिपीमाथि ठूलो अन्याय हुने उल्लेख गरे । उनले बिपीले आफूलाई मानव झैँ व्यवहार गर्न तर आफ्नो विचारलाई निष्ठाको अर्थमा बुझ्न आग्रह गरेको उल्लेख गरे । उनले बिपीले भनेको निष्ठा छोडेर महामानव बनाउनु उनी माथिको अन्याय भएको बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved