पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई एक साता लामो भ्रमणका लागि भारत प्रस्थान

नेपालभ्युज

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई एक साता लामो भ्रमणका लागि भारत प्रस्थान

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई एक साता लामो भ्रमणका क्रममा आज भारत प्रस्थान गरेका छन् ।

भ्रमणका क्रममा उनले गोवा, कर्नाटक, नयाँ दिल्ली र चन्डीगढमा रहेका नेपाली समुदायसँग छलफल र अन्तर्क्रिया गर्नुका साथै तीज विशेष भेटघाट र नेपालको आर्थिक विकासलगायतका विषयमा व्याख्यान दिने भट्टराईको सचिवालयले जनाएको छ।

डा. भट्टराईले त्यहाँका नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजीवि, नागरिक समाजका अगुवासँग पनि भेटघाट गर्ने कार्यक्रम छ।

नेपाल समाजवादी पार्टी प्रवास कमिटीको निमन्त्रणामा आज भारत गएका डा. भट्टराई असोज ५ गते स्वदेश फर्किने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved