राजतन्त्रको माग गर्दै राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

नेपालभ्युज

राजतन्त्रको माग गर्दै राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं । कमल थापा नेत‌त्वको राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ।

राप्रपाले आज  राजासहितको प्रजातन्त्र, सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराज्य, संघीयता होइन सुदृढ स्थानीय स्वायत्त शासनको माग गर्दै  प्रदर्शन गर्न लागेको पार्टी महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

आज दिउँसो १ बजे भद्रकालीबाट सुरु हुने र्‍याली भृकुटीमण्डपमा पुगेर विरोध सभामा परिणत हुने राप्रपाले जनाएको छ । सभालाई पार्टी अध्यक्ष थापा लगायत नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।

राजतन्त्रको पक्षमा वकालत नगर्ने भन्दै पार्टी फुटाएका अध्यक्ष थापा अहिले फेरि त्यसकै पक्षमा उभिएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved