एसिया कपः भारतले दियो पाकिस्तानलाई ३५७ रनको लक्ष्य, कोहलीको १३ हजार रन पुरा

नेपालभ्युज

एसिया कपः भारतले दियो पाकिस्तानलाई ३५७ रनको लक्ष्य, कोहलीको १३ हजार रन पुरा
तस्वीर स्रोतः इन्डियन क्रिकेट टिम/फेसबुक

काठमाडौं। एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई ३५७ रनको विशाल लक्ष्य दिएको छ।

श्रीलंकामा जारी सुपर फोर खेलमा भारतले पुरै ओभर खेलेर २ विकेटको क्षतिमा ३५६ रन बनाएको हो। भारतको लागि विराट कोहली र केएल राहुलले अविजित शतकीय पारी खेले।

कोहलीले अन्तिम बलमा छक्का प्रहार गर्दै भारतको कुल योगफललाई ३५६ पुर्‍याए। भारतको लागि कोहलीले १२२ र राहुलले १११ रन बनाए। यससँगै कोहलीले एकदिवसीयमा १३००० रन पुरा गरेका छन्। एकदिवसीयमा यो उनको ४७ औँ शतक हो। राहुलको भने एकदिवसीयमा यो छैँटौँ शतक हो। यस्तै शुभम गिलले ५८ र कप्तान रोहित शर्माले ५६ रन बनाए।

पाकिस्तानको लागि भने शाहीन अफ्रिदीले र शादब खानले १–१ विकेट लिए।

वर्षाका कारण सोमबार खेल स्थगित पश्चात भारत र पाकिस्तानबीचको खेल मंगलबार पुन सुरु भएको हो। सोमबार भारतले २४ ओभर १ बलमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाउँदा खेल वर्षाको कारण प्रभावित भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved