तस्वीरमा नाटक ‘दमिनी भीर’ (फोटो फिचर)

तस्वीरमा नाटक ‘दमिनी भीर’ (फोटो फिचर)

काठमाडौं। साहित्यकार राजन मुकारूङ द्वारा लिखित उपन्यासलाई नाट्य रूपान्तरण गरिएको नाटक ‘दमिनी भीर’ यही भाद्र २२ गतेदेखि थापागाउँ स्थित मण्डला थिएटरमा मञ्चन भएको छ।

२०६९ सालमा प्रकाशित यो उपन्यासले सोही वर्ष मदन पुरस्कारसमेत जितेको थियो।

इँगिहोपो कोइँच सुनुवारको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटक ‘दमिनी भीर’ मा उपन्यासकी एक पात्र लच्छी अर्थात् माइली लाई केन्द्रमा राखिएको छ।

‘दमिनी भीर’ मा कथित जात व्यवस्थाले थिचिरहेको नेपाली समाजको चित्रलाई देखाउने प्रयास गरिएको छ। उत्पीडनको किसिमलाई नाटक कलाबाट भन्ने कोशिस गरिएको छ । नाटकमा शालीन शैलीले उत्पीडकहरूविरुद्ध जाइलाग्ने तरिका देखाइएको छ।

थैली इन्टरटेन्टमेन्टको सहकार्यमा ममा आर्ट्सको प्रस्तुति रहेको नाटक ‘दमिनी भीर’ मा भावना उप्रेती, आकाश नेपाली, सचीन रत्न, पुनम थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ।

नाटक यही असोज १० सम्म सोमबारबाहेक हरेक दिन साँझ ५:३० बजे मण्डला थिएटरमा मञ्चन हुनेछ। शुक्रबार र शनिबार भने दिउँसो १ बजे पनि अतिरिक्त शो मञ्चन हुने मण्डला थिएटरले जनाएको छ।

तस्वीरहरू:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved