बस दुर्घटनामा सात जनाको मृत्यु, ३० घाइते

नेपालभ्युज

बस दुर्घटनामा सात जनाको मृत्यु, ३० घाइते

बाँके । बाँकेमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। थप ३० जना घाइते भएको बाँके प्रहरीका डीएसपी नारायण डाँगीले जानकारी दिए ।

दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगञ्जमा रोकेर राखिएको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइतेहरूको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved