घरमा पालेको कुकुरलाई नदिनुहोस यस्ता चीज

नेपालभ्युज

घरमा पालेको कुकुरलाई नदिनुहोस यस्ता चीज

एजेन्सी । घरपालुवा जनावरको ख्याल राख्न कतिपयलाई एकदमै मन पर्छ । तर, कयौंपटक केही त्यस्ता चीज हुन्छन् जसलाई खुवाउँदा तपाईंले पालेको कुकुरलाई भने नोक्सान पनि हुन सक्छ ।

कुकुरलाई भुलेर पनि चकलेट नदिनुहोस् । चकलेटमा पाइने पदार्थका कारणले कुकुरलाई वान्ता हुने तथा पखाला लाग्ने जस्ता समस्या हुन सक्छ ।

त्यस्तै कुकुरलाई ड्राई फ्रुट्समा हुने फ्याट तथा तेलले पनि नोक्सान पुर्‍याउँछ । त्यसैले यस्ता चीज खान दिँदा कुकुरमा कमजोरी तथा वान्ता हुन सक्छ ।

आमरुपमा प्रायः घरमा लसुन र प्याजको अत्यधिक प्रयोग हुन्छ । तर कुकुरका लागि भने यस्तो कुरा सही हुँदैन । त्यसैले उनीहरुका लागि पकाएको खानामा पनि लसुन प्याजको प्रयोग नगर्नुहोस् । किनकी यसमा थायोसल्फेटको मात्रा अत्यधिक पाइन्छ ।

एवोकाडो पनि कुकुरको स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसले जनावरको आन्द्रामा समस्या उत्पन्न गर्न सक्छ ।

अंगुर तथा किसमिसले पनि कुकुरको मिर्गौलामा नराम्रो असर गर्दछ ।

अत्यधिक नुनको सेवन पनि कुकुरका लागि हानिकारक हुन सक्छ । यसले उनीहरुलाई धेरै तिर्खा लाग्छ त्यसैले धेरै नुन भएको चीज दिनबाट बच्नुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved