‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा’ गीतको मुद्दा जिते प्रमोद खरेलले

प्रतिलिपि अधिकार हननविरुद्धको मुद्दा गायक प्रमोद खरेलले जितेका छन्। विन्ध्यवासिनी म्युजिक प्रालिविरुद्ध प्रतिलिपि अधिकारको मुद्दा जितेका हुन्।

नेपालभ्युज

‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा’ गीतको मुद्दा जिते प्रमोद खरेलले

काठमाडौं। प्रतिलिपि अधिकार हननविरुद्धको मुद्दा गायक प्रमोद खरेलले जितेका छन्। विन्ध्यवासिनी म्युजिक प्रालिविरुद्ध प्रतिलिपि अधिकारको मुद्दा जितेका हुन्।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश उत्तम सिलुवालको इजलासले विन्ध्यवासिनीका सञ्चालक लीला शर्मा रेग्मी र सुवास रेग्मीलाई प्रतिलिपि अधिकार उल्लंघनको विषयमा दोषी ठहर गरेको हो। उनीहरूमाथि तीन वर्षसम्म सजाय हुनसक्ने छ।

सजाय निर्धारणका लागि फेरि सुनुवाइ हुने छ।

के थियो विवाद ?

गायक खरेलले २०७७ सालमा आफूमा निहित प्रतिलिपि अधिकारको विन्ध्यवासिनी म्युजिक प्रालिले दुरुपयोग गरेको भनी प्रहरीमा जाहेरी दिएका थिए। त्यसका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाएको थियो।

आफूले मुद्दा हारे पनि विन्ध्यवासिनीका सञ्चालक सुवास रेग्मीले गायक खरेललाई बधाई दिएका छन्। ‘जय गीत, जय सङ्गीत। बधाई छ प्रमोद भाइ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्। साथै फैसलाको पूर्ण पाठ पाएपछि थप कानुनी प्रक्रियामा जाने पनि बताएका छन्।

गायक खरेलले २०६७ सालमा म बिना कसै कसैलाई मुस्किल छ पोखरामा गीत समावेश ‘प्रणय’ नामक एल्बम सार्वजनिक गरेका थिए। एल्बमलाई विन्ध्यवासिनी म्युजिकले बजारमा ल्याएको थियो।

प्रमोद खरेल -सुवास रेग्मी विवाद : ‘कपिराइट’ विवाद नमिल्दा साइबर मुद्दा

एल्बममा समावेश गीत तथा भिडिओ निर्माणका लागि विन्ध्यवासिनी म्युजिकले प्रमोदलाई ४ लाख १० हजार रुपैयाँ नगद दिएको थियो।
एल्बमको सर्वाधिकार पाँच वर्षसम्मका विन्ध्यवासिनीसँग रहने दुई पक्षीय सहमति थियो। विन्ध्यवासिनी म्युजिकले एल्बम बिक्री गरेर उक्त लगानी सुरक्षित गर्ने सम्झौतामा उल्लेख छ।

सम्झौतामा लगानी सुरक्षित नभएसम्म एल्बमबाट आएको पैसामा प्रमोदले दाबी गर्न नपाउने थियो। लगानी सुरक्षित भएपछि आम्दानी रकम प्राप्त भएको एक महिनाभित्र फरफारक हुनुपर्ने सहमति थियो।

प्रमोद खरेलको उजुरीपछि पक्राउ परेका सुवास रेग्मीविरुद्ध ६ संस्थाले निकाले विज्ञप्ति

सम्झौता पत्रअनुसार प्रमोद र विन्ध्यवासिनी म्युजिकबीचको सम्झौता २०७१ साल चैतमा सकिएको छ। त्यसपछि प्रमोदले कम्पनीका सञ्चालक सुवास रेग्मीसँग आफ्नो एल्बमको सर्वाधिकार मागेका थिए। सञ्चालक रेग्मीले प्रमोदको माग सुनेनन्।

रेग्मीले उल्टै प्रमोदविरुद्ध प्रहरीमा उजुरी दिए। आफ्नो कम्पनीले निर्माण गरेको गीतसङ्गीत बिना अनुमति प्रमोदले स्टेजमा गाउँदै हिँडेको भन्दै रेग्मीले १ करोड क्षतिपूर्ति माग राखेर उजुरी दिएका थिए। त्यसपछि प्रमोदले पनि कानुनी बाटो रोजेका हुन्।

बिन्दबासिनी म्युजिकका सञ्चालक रेग्मी धरौटीमा रिहा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved