प्रमोद खरेलको उजुरीपछि पक्राउ परेका सुवास रेग्मीविरुद्ध ६ संस्थाले निकाले विज्ञप्ति

गायक प्रमोद खरेललगायतको उजुरीबाट पक्राउ परेका विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीविरुद्ध संगीतसम्बद्ध ६ संस्थाले विज्ञप्ति निकालेका छन्। स्रष्टा र सर्जकलाई सामाजिक सञ्जालबाट अपमानजनक गालीगलौज गरेको भन्दै उजुरीकर्ताको समर्थन गरेका छन्।

नेपालभ्युज

प्रमोद खरेलको उजुरीपछि पक्राउ परेका सुवास रेग्मीविरुद्ध ६ संस्थाले निकाले विज्ञप्ति

काठमाडौं। गायक प्रमोद खरेललगायतको उजुरीबाट पक्राउ परेका विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीविरुद्ध संगीतसम्बद्ध ६ संस्थाले विज्ञप्ति निकालेका छन्। स्रष्टा र सर्जकलाई सामाजिक सञ्जालबाट अपमानजनक गालीगलौज गरेको भन्दै उजुरीकर्ताको समर्थन गरेका छन्।

फागुन ७ गते गायक प्रमोद खरेल, गीतकार महेश आचार्यलगायतको उजुरीबाट सुवास पक्राउ परेका छन्। ८ फागुनमा प्रहरीको केन्द्रीय साइबर ब्युरोले थाइल्यान्डबाट नेपाल आउने क्रममा रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियन्त्रणमा लिएको थियो।

विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक रेग्मी पक्राउ

गीतकार संघ, संगीतकार संघ, सांगीतिक संघ, सङ्गीतकर्मी संघ, सङ्गीत उद्योग संघ र प्रस्तोता समाजले संयुक्त विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमार्फत स्रष्टा, सर्जक र कलाकारलाई लक्षित गर्दै गरिएका गालीगलौजप्रति खेद व्यक्त गरेका छन्। उनीहरूले अनुसन्धानमा सधाउने बताएका छन्।

रेग्मीविरुद्धको जाहेरीमाथि समर्थन जनाउँदै उनीहरूले अनुसन्धानमा साथ दिने वचन दिएका छन्। रेग्मी अहिले प्रहरी हिरासतमा छन्। उनलाई काठमाडौं जिल्ला अदालतबाट थप तीन दिन म्याद थपिएको छ।

प्रमोद खरेल-सुवास रेग्मी विवाद स् ‘कपिराइट’ विवाद नमिल्दा साइबर मुद्दा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved