बिन्दबासिनी म्युजिकका सञ्चालक रेग्मी धरौटीमा रिहा

नेपालभ्युज

बिन्दबासिनी म्युजिकका सञ्चालक रेग्मी धरौटीमा रिहा

काठमाडौं । बिन्दवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार  अदालतले गत साता  रेग्मीलाई ७५ हजार रूपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी रिहा भएका हुन् ।

सामाजिक सञ्जालमा विभिन्न कलाकारहरूमाथि चरित्र हत्या गरेको आरोपमा गत फागुन ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ब्युरोले उनलाई पक्राउ गरेको थियो।

फागुन १९ गते काठमाडौं जिल्ला अदालतमा रेग्मीविरूद्ध मुद्दा दर्ता भएको थियो ।

रेग्मीविरूद्ध महेश आचार्य, प्रमोद खरेल, सत्यराज आचार्य र लक्ष्मण बिडारीले उजुरी दिएका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved