गृहमन्त्रीलाई गगनको प्रश्न- के अब काठमाडौंमा एक्लै हिँड्न नहुने भएको हो ?

नेपालभ्युज

गृहमन्त्रीलाई गगनको प्रश्न- के अब काठमाडौंमा एक्लै हिँड्न नहुने भएको हो ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदमा गृहमन्त्रीलाई प्रश्न गरेका छन् ।

पार्टी सहमहामन्त्री महेन्द्र यादवमाथि भएको हमलाको सत्य तथ्य छानबिन गर्न माग महामन्त्री थापाले भने– के अब हामी काठमाडौंमा एक्लै हिँड्न नमिल्ने भएको हो ? कोही जलाइदिन्छु भन्छ, कोही धम्की दिन्छ। हामी एक्लै हिँड्न हुने हो कि होइन ?

थापाले यादवमाथि भएको आक्रमणको गम्भीर ढंगमा अनुसन्धान हुनुपर्नेमा जोड दिए ।

बिहीबार संसदमा बोल्दै उनले यसबारे गृहमन्त्रीसँगै प्रधानमन्त्रीले पनि जवाफ दिनुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved