सुन तस्करी प्रकरण : कपिलबस्तुबाट एकजना पक्राउ, काठमाडौं ल्याइँदै

नेपालभ्युज

सुन तस्करी प्रकरण : कपिलबस्तुबाट एकजना पक्राउ, काठमाडौं ल्याइँदै

काठमाडौं । हङकङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले थप एक जनालाई पक्राउ गरेको छ ।

रुपन्देही घर भइ हाल काठमाडौंको टोखा बस्ने सुमन खरेललाई नेपाल–भारत सीमा क्षेत्र कपिलवस्तुबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए ।

ब्यूरोको टोलीले उनलाई कपिलवस्तुको सीमा क्षेत्रबाट पक्राउ गरी आज काठमाडौं ल्याउँदै गरेको र समय पुगेमा आजै म्याद थप हुने पनि उनले बताए ।

यसअघि उनी भारतमा लुकिछिपी बसेकाले पक्राउ गर्न सकिएको थिएन । उनका बारेमा सूचना सङ्कलन गरिरहेको प्रहरीले सीमा क्षेत्रमा आएपछि पक्राउ गरिएको कडायतले बताए ।

सुन तस्करी प्रकरणको सूचना सङ्कलनका लागि प्रहरीको एउटा टोली भारत गएको छ भने प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज आचार्य हङकङ गएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर तस्करी गरेर लौजन लागेका बेला काठमाडौंको सिनामङ्गलबाट साउन ३ गते राजस्व अनुसन्धान विभागले ६० किलो सात सय १६ ग्राम सुन बरामद गरेको थियो ।

ब्रेक शुभित्र लुकाएर ल्याइएको उक्त सुन प्रकरणमा अहिलेसम्म प्रहरीले २६ जनालाई पक्राउ गरिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved