सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुनसँग सिआईबीले लियो बयान

नेपालभ्युज

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुनसँग सिआईबीले लियो बयान

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनको बयान लिएको छ ।

सुन तस्करीमा संलग्न भएको शंकामा सिआईबीले पुनसँग बयान लिएको हो । पुनले महाराजगञ्जस्थित सिआईबीको कार्यालयमा पुगेर बयान दिएको बताइएको छ ।

सुन तस्करीमा संलग्न भनिएका तिब्बती नागरिक दावा छिरिङसँग पनि पुनको उठबस भएको भनिएको छ ।

साउन ३ गते राजश्व अनुसन्धान विभागले सुन लुकाएर ल्याइएको १५५ किलो ब्रेक प्याड बरामद गरेको थियो ।

यस प्रकरणमा प्रहरीले ६ विदेशी नागरिकसहित २५ जनालाई पक्राउ गरिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved