एसिया कप क्रिकेट

नेपाल भारतसँग १० विकेटले पराजित, समूह चरणबाटै बाहिरियो

डीएल पद्दतीका आधारमा २३ ओभरमा १ सय ४५ रनको विजयी लक्ष्य पाएको भारतले १७ बल अघि नै  पूरा गर्‍यो ।

नेपालभ्युज

नेपाल भारतसँग १० विकेटले पराजित, समूह चरणबाटै बाहिरियो
Nepal's Aasif Sheikh (R) plays a shot during the Asia Cup 2023 one-day international (ODI) cricket match between India and Nepal at the Pallekele International Cricket Stadium in Kandy on September 4, 2023. (Photo by Ishara S. KODIKARA / AFP)

काठमाडौं।  एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटको फराकिलो अन्तरले पराजित भएको छ ।

सोमवार राति श्रीलङ्काको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा डीएल पद्दतीका आधारमा २३ ओभरमा १ सय ४५ रनको विजयी लक्ष्य पाएको भारतले १७ बल अघि नै  पूरा गर्‍यो ।

भारतका लागि कप्तान रोहित शर्मा र शुभमन गिलले अर्धशतक बनाए । रोहितले ७४ र शुभमनले ६७ रन जोडे ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभर २ रनमा २ सय ३० रन बनाउँदा अल आउट भयो ।

नेपालका लागि नेपालका आशिफ शेखले सर्वाधिक ५८ रन बनाए, उनले सात चौका प्रहार गरे ।यस्तै सोमपाल कामीले दुई छक्का र एक चौकासहित ४८ रन बनाए । कुशल भुर्तेलले तीन चौका र दुई छक्का सहित ३८ बनाए । दीपेन्द्रसिंह ऐरीले २५ बलमा २९ रन बनाए । गुल्शन झाले २३ रन बनाए । यस्तै भीम सार्की ७, कप्तान रोहित पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भए । सन्दीप लामिछानेले ९ रन बनाए भने ललित राजवंशीले खाता पनि खोल्न सकेनन् ।

बलिङतर्फ भारतका रवीन्द्र जडेजा र मोहम्मद सिराजले ३/३ विकेट लिए ।

यो हारसँगै नेपाल १ अङ्क पनि नजोडी समूह चरणबाटै प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि नेपाल पाकिस्तानसँग पराजित भएको थियो । भारत भने यो जितसँगै ‘सुपर फोर’ मा पुगेको छ । समूह ‘ए’ बाट पाकिस्तान यसअघि नै ‘सुपर फोर’ मा पुगिसकेको छ ।

समूह ‘बी’ बाट ‘सुपर फोर’ मा पुग्ने टोलीको टुङ्गो आज मङ्गलवार हुने श्रीलङ्का र अफगानिस्तानबीचको खेलबाट लाग्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved