पेप्सीकोलामा मिनी बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा सात घाइते 

पेप्सीकोला–काँडाघारी सडकखण्डमा भयानक दुर्घटना भएको छ। बिहान पौने आठ बजे मिनी बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा सात जना घाइते भएका छन्।

नेपालभ्युज

पेप्सीकोलामा मिनी बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा सात घाइते 
सांकेतिक तस्वीर।

काठमाडौं। काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकखण्डमा भयानक दुर्घटना भएको छ। बिहान पौने आठ बजे मिनी बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा सात जना घाइते भएका छन्।

घाइतेहरुलाई घनास्थल नजिकको मदरल्याण्ड अस्पताल लगिएको छ। केहीको मिनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको काँडाघारी प्रहरीका इन्सपेक्टर श्याम कटुवालले जानकारी दिए।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved