अभिनेत्री निरुता सिंहले गरिन् भारतमा बिहे

नेपालभ्युज

अभिनेत्री निरुता सिंहले गरिन् भारतमा बिहे

काठमाडौं। कुनै समय नेपालकी लोकप्रिय अभिनेत्री निरुता सिंहले विवाह गरेकी छन्। उनले मुम्बई निवासी सञ्जीव गुलाटीसँग विवाह गरेकी हुन्।

आफूलाई विवाह कहिले गर्ने भन्ने धेरै प्रश्न आएको निरुताले गत बिहीबार अर्थात ३१ अगस्टमा विवाह गरेको बताएकी छन्।

निरुताले आफूलाई माया गरेर आफूले अभिनय गरेका चलचित्रलाई सफल बनाइदिएकामा दर्शकलाई धन्यवाद पनि दिएकी छन्।

नेपाली दर्शकलाई भेट गर्न आफू छिट्टै आउने पनि उनले फेसबुकमा लेखेकी छन्। निरुता पछिल्लो समय भारतमा बसोबास गर्दै आएकी थिइन्।

तुलसी घिमिरे निर्देशित ‘दक्षिणा’ बाट नेपाली चलचित्रमा अभिनय सुरु गरेकी उनको दर्पण छाया, आफन्त, बन्धकी, दुई किनारालगायतका थुप्रै चलचित्र हिट भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved