विष्णु पौडेल र मबीच कुनै प्रतिस्पर्धा छैन : शंकर पोखरेल

नेपालभ्युज

विष्णु पौडेल र मबीच कुनै प्रतिस्पर्धा छैन : शंकर पोखरेल

बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले उपाध्यक्ष विष्णु पौडेल र आफूबीच कुनै प्रतिस्पर्धा नरहेको बताएका छन् ।

बुटवलमा आयोजित प्रदेश अधिवेशनको उद्घाटन समारोहमा सो कुरा बताउँदै पोखरेलले यो अधिवेशनले पार्टी एकताको सन्देश दिनुपर्ने बताए ।

‘लुम्बिनी प्रदेश अधिवेशनमा मात्र हैन अरु सबै विषयमा विष्णु पौडेल र शंकर पोखरेल एक ठाउँमा छन् कसैले शंका गर्नुपर्दैन’, पोखरेलले भने ।

लुम्बिनी प्रदेशको अधिवेशनमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले आ-आफ्नो नजिकको व्यक्तिलाई अध्यक्ष बनाउन चाहेको र दुई पक्षबीच चुनावी प्रतिस्पर्धा हुन लागेको समाचारहरू आइरहेका बेला महासचिव पोखरेलले यो कुरा झुटो रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved