दुई सुपरस्टार जसले ३० वर्षमा एकपटक पनि सँगै काम गरेनन्

नेपालभ्युज

दुई सुपरस्टार जसले ३० वर्षमा एकपटक पनि सँगै काम गरेनन्

एजेन्सी । बलिउडका दुई सुपरस्टार, जसले एक मात्र होइन कैयौं सुपरहिट फिल्महरूमा काम गरेका छन् । दुवैको फिल्म उद्योगमा तीन दशकभन्दा धेरै समय भइसकेको छ । दुवैले कैयौं अन्य कलाकारसँग काम गरेका छन्, तर करोडौंको कमाइ गर्ने यी अभिनेताले अहिलेसम्म एकसाथ भने काम गरेका छैनन् ।

दुवैका बीच के भएको थियो ? दुईबीच के दुश्मनी छ ? जसले गर्दा दुवैले अहिलेसम्म सँगै काम गरेका छैनन् । यसका पछाडिको कारण थाहा पाउनुभयो भने अचम्म पर्नुहुनेछ । यहाँ कुरा भइरहेको छ बलिउडका खेलाडी अक्षय कुमार र मिस्टर परफेक्सनिस्ट आमिर खानको ।

दुवै अभिनेताले लगभग एक साथ बलिउडमा काम गर्न सुरु गरेका थिए र हरेक प्रकारका फिल्ममा काम गरेका छन् । जसमा कमेडी, एक्सन, रोमान्टिक फिल्महरू समावेश छन् । दुवै अभिनेतामा केही कुराहरू मिल्दोजुल्दो पनि छन् । उनीहरू दुवै समयका एकदमै पक्का छन् । साथमा उनीहरू बलिउडमा हुने विभिन्न पार्टीहरूमा पनि समावेश हुँदैनन् । तर, के भएको थियो, जसले गर्दा दुवैले एउटा पनि फिल्म सँगै गरेका छैनन् ।

यो कुरा सन् १९९१ को हो । जहाँ आमिर एउटा ठूलो कलाकार बनिसकेका थिए । उनको फिल्म ‘कयामत से कयामत तक’ ब्लकबस्टर फिल्म सावित भएको थियो । यस फिल्मपछि उनका एक पछि अर्को सुपरहिट फिल्महरू आए । त्यतिबेला अक्षय कुमार भने संघर्ष गरिरहेका थिए । उनले फिल्म त पाइरहेका थिए तर राम्रो भूमिका पाइरहेका थिएनन् ।

आमिर खानका चाचा नासिर हुसैन र मन्सुर खानले एउटा फिल्म बनाइरहेका थिए, जसको ना थियो ‘जो जीता वही सिकन्दर’ । यस फिल्मका लागि आमिर खान प्रमुख हिरोको रूपमा छानिएका थिए । जब अक्षय कुमारलाई यस फिल्मका लागि दोस्रो भूमिकामा हिरोको अडिसन भइरहेको छ भन्ने थाहा पाए त्यसपछि उनले यहाँ पनि आफ्नो भाग्य हेर्ने विचार गरे र अडिसन थिए ।

अक्षय कुमारलाई अडिसनमा मन्सुर अली खानले रिजेक्ट गरिदिए र दीपक तिजोरीलाई फिल्मका लागि लिए । अक्षयलाई यो कुरा थाहा पाएर एकदमै नराम्रो लाग्यो । उनलाई नराम्रो यसकारण लाग्यो कि जब दीपक तिजोरीलाई यो रोल दिनु थियो भने मेरो अडिसन किन लिइयो । खासकुरा के थियो भने, दीपक तिजोरी र आमिर खान एक-अर्कालाई वर्षौंदेखि चिन्दथे र उनीहरू राम्रो साथी पनि थिए ।

अक्षयलाई यो लाग्यो कि, दीपकलाई ल्याउनका लागि मलाई साइड लगाइएको थियो र यसमा आमिर खानको ठूलो हात थियो । यस घटनापछि अक्षयले कसम खाएका थिए कि उनले जीवनमा आमिर खानसँग कहिल्यै काम गर्ने छैनन् । यो कसम उनले अहिलेसम्म निभाइरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved