‘काठमाडौं-कलिङ साहित्य महोत्सव’ सुरू, विभिन्न देशका स्रष्टाको जमघट 

नेपालभ्युज

‘काठमाडौं-कलिङ साहित्य महोत्सव’ सुरू, विभिन्न देशका स्रष्टाको जमघट 

ललितपुर । त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ ललितपुरमा सुरु भएको छ ।

यशस्वी प्रज्ञा प्रतिष्ठान नेपाल र कलिङ साहित्य महोत्सव भारतको संयुक्त आयोजनामा आजदेखि सुरु भएको महोत्सव यही भदौ १७ गतेसम्म सञ्चालन हुनेछ ।

काठमाडौं केएलएफकी निर्देशक तथा यशस्वी प्रज्ञाप्रतिष्ठानकी संस्थापक रञ्जना निरौलाले साहित्यिक र सांस्कृतिक गतिविधिलाई प्रवद्र्धन गर्न महोत्सवको आयोजना गरिएको बताइन् ।

‘महोत्सव दक्षिण एसियाली क्षेत्रका सभ्यता, सांस्कृतिक र आध्यात्मिक संवादका साथै साहित्यिक दृष्टिकोणलाई बलियो बनाउने उद्देश्यले सुरु गरिएको हो’, उनले भनिन्, ‘पहिलो संस्करणझैँ दोस्रो संस्करणमा पनि नेपालको बृहत् साहित्यिक, सांस्कृतिक तथा आध्यात्मिक परम्पराबारे विश्लेषण गर्दै नेपाललाई विश्वसामु प्रतिविम्बित गर्ने विषयवस्तुका बारेमा छलफल गर्नेछौँ ।’

महोत्सवमा नेपालसहित भारत, भुटान, बङ्गलादेश र श्रीलङ्काका लेखक तथा कलाकार भेला भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved