तम्घासबाट बुटवल आउँदै गरेको जिप पहिरोले पुर्‍यो, ३ जनाको मृत्यु

तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कोर्पियो जिपलाई पाल्पाको जोर्तेमा पहिरोले पुरेको हो । जिपलाई ठूला ठूला ढुंगाले पुरेको छ ।

नेपालभ्युज

तम्घासबाट बुटवल आउँदै गरेको जिप पहिरोले पुर्‍यो, ३ जनाको मृत्यु

काठमाडौं । गुल्मीको तम्घासबाट बुटवल आउँदै गरेको जीप पहिरोमा पुर्दा ३ जनाको मृत्यु भएको छ । ८  जना घाइते भएका छन् ।

पाल्पाका डीएसपी वीरेन्द्र थापाले नेपाल भ्युजलाई दिएको जानकारी अनुसार केहीको अवस्था गम्भीर छ । उनका अनुसार मृत्यु हुनेमा एक जना प्रहरी पनि रहेका छन् ।

८ जना घाइतेको उद्धार गरेर थप उपचारको लागि अस्पताल पठाइएको पनि डीएसपी थापाले बताए ।

तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कोर्पियो जिपलाई पाल्पाको जोर्तेमा पहिरोले पुरेको हो । जिपलाई ठूला ठूला ढुंगाले पुरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved