आलेख

ओपेनहाइमर के साँच्चै कम्युनिस्ट थिएनन् ?

आफ्नै विगतका बारेमा झुटो बोल्नु नि:सन्देह ओपेनहाइमरका लागि ठूलो मनोवैज्ञानिक समस्या बनेको हुन सक्दछ । सुरक्षा सफाइका दृष्टिकोबाट झुट बोल्नु आफैँमा अभियोजन गर्न योग्य कुरा हो । कारण जेसुकै हो, उनले आफ्नो राजनीतिक विगतप्रति आत्मस्वीकारोक्ति गर्न भने चाहेको देखिएन।

ओपेनहाइमर के साँच्चै कम्युनिस्ट थिएनन् ?

जब क्रिस्टोफर नोलानले परमाणु बमको निर्माणलाई निर्देशित गर्ने जे. रोबर्ट ओपेनहाइमरको जीवनलाई तीनघण्टे सिनेमामा नाटकीकरण गरे, यसबारे संसारभरि उत्साहजनक र खुला समीक्षा भए । यो सिनेमाले ती प्रतिभाशाली सैद्धान्तिक भौतिकशास्त्रीलाई नयाँ प्रकारको लोकप्रियता दियो । उनलाई दोस्रो विश्व युद्धको दौरान न्यू मेक्सिकोको गोप्य लस एल्मोस प्रयोगशालाका लागि चयन गरिएको थियो । यही प्रयोगशालामा आणविक बम बनाइएको थियो ।

यो प्रयोगशाला म्यानहटन परियोजनाको एक गोप्य सेलजस्तो थियो । परियोजनाको समग्र नेतृत्व तथा निर्देशन जर्नेल लेस्ली ग्रोभ्सले गरेका थिए। उनले यस परियोजनाअन्तर्गत दर्जनौं नोबेल पुरस्कार विजेताहरुको सामना गर्नुपरेको थियो।

ठीक विपरीत ओपनहाइमरसँग भने कलेज ग्राजुएटहरूको सेमिनारभन्दा ठूलो कुनै कार्यक्रम संगठित गरेको अनुभव थिएन । लस एल्मोस प्रयोगशालाको संगठन आफैँमा जटिल थियो । यसक्रममा उनले सयौं नियुक्ति, भर्ती, भेला र अहंकारहरू व्यवस्थित गरे । तिनलाई एकजुट पारेर समन्वयित टोली बनाए । असंख्य तार्किक र वैज्ञानिक समस्याको समाधान गरे र तीन वर्षभित्र साँच्चै काम गर्ने बम निर्माण गरे ।

युद्धपछि उनी अमेरिकाका महान् वैज्ञानिकका रूपमा प्रशंसित भए। तर, सन् १९५४ मा उनी असाध्यै अपमानित हुनुपर्‍यो । उनीमाथि कम्युनिस्टहरूप्रति सहानुभति राखेको आरोप लाग्यो । उनले अझ उच्चस्तरको हाइड्रोजन बम विकासको विरोध गरेको आरोपको सामना पनि गर्नुपर्‍यो ।

युद्धपछि उनी अमेरिकाका महान् वैज्ञानिकका रूपमा प्रशंसित भए। तर, सन् १९५४ मा उनी असाध्यै अपमानित हुनुपर्‍यो । उनीमाथि कम्युनिस्टहरूप्रति सहानुभति राखेको आरोप लाग्यो । उनले अझ उच्चस्तरको हाइड्रोजन बम विकासको विरोध गरेको आरोपको सामना पनि गर्नुपर्‍यो । यसवापत उनले ‘सुरक्षा सफाइ’ पाएनन् ।

सिनेमामा ओपेनहाइमरलाई ऐतिहासिक तथ्यहरूप्रति इमान्दार भएर राम्रो चित्रण गरिएको छ। तर, ओपेनहाइमरको जीवनको एउटा महत्त्वपूर्ण विशेषतालाई भने गलत देखाइएको छ। यो कुरा सिनेमामा मात्र हैन, यो सिनेमालाई प्रेरित गर्ने काई बर्ड र मार्टिन सेरर्विन लिखित पुलिट्जर पुरस्कार प्राप्त जीवनी ‘अमेरिकी प्रमिथस’ मा समेत छ । त्यो के भने ओपेनहाइमरले अमेरकी कम्युनिस्ट पार्टीको सदस्यता लिन सत्यवादिताका साथ अस्वीकार गरेका थिए ।

यो देखाइन्छ कि, ओपेनहाइमरको मार्गदर्शनमा हिँड्ने उनकी पत्नी किट्टी, भाइ फ्र्यांक र बुहारी ज्याकी अमेरिकी कम्युनिस्ट पार्टीका सदस्य थिए । उनका अरु धेरै स्नातक मित्र पनि कम्युनिस्ट पार्टीमा लागेका थिए । उनले विशेषतः स्पेनी गृहयुद्धको समयका कम्युनिस्ट पार्टीलाई आर्थिक सहयोग गरेका थिए। तर, ओपनहामर आफैँले भने कहिल्यै कम्युनिस्ट पार्टीको सदस्यता नलिएको किट्टीको दाबीलाई दोहोर्‍याउँछ।

यसको अर्थ हुन्छ कि, ओपेनहाइमर कम्युनिस्ट विचारको समर्थक मात्र थिए, एक संगठित तथा सक्रिय कम्युनिस्ट हैन । उनले सदस्यता लिएर अनुशासनबद्ध पार्टी जीवन बिताएनन् । तर, ओपेनहाइमर अमेरिकी कम्युनिस्ट पार्टीका सदस्य थिए भन्ने पुष्टि गर्न प्रशस्त प्रमाण छन्।

रुसी अभिलेखमा त्यस्ता धेरै कुरा छन्, जसलाई जीवनी लेखक काई बर्डले कुनै महत्त्व दिइरहेका छैनन् । मार्टिन सेर्विन भने सन् २०२१ मै बितिसकिन् । तर, निर्देशक क्रिस्टोफर नोलान पनि यसको गहिराइसम्म जान चाहेनन् ।

रुसी अभिलेखलाई छोड्ने नै हो भने पनि त्यस्ता प्रमाण उनका शत्रु तथा अविश्वसनीय साक्षीबाट आएका हैनन्। उनकै साथी, चिनारु र आफन्त जो पछिसम्म वामपन्थी रहे, उनीहरूका लेख, संस्मरण र अन्तर्वार्ताले ओपेनहाइमर कम्युनिस्ट पार्टीको सदस्य भएको प्रमाण दिएका छन्।

सन् २००२ को ‘ब्रोदर्सहुड अफ बम’ पुस्तकमा ग्रेग हर्केनले फ्रान्सेली साहित्यका प्राध्यापक हाकोन चेभालियरसँग अन्तर्वार्ता गरेका छन्, जसमा उनी भन्छन् कि, ओपेनहाइमर क्यालिफोर्नियाको बर्कले विश्वविद्यालयमा कम्युनिस्ट पार्टीको एक गोप्य एकाइका सदस्य थिए। चेभिलियर र ओपेनहाइमरको गहिरो मित्रता थियो ।

ओपेनहाइमरकी पत्नी किट्टीले दोस्रो विवाह जोसेफ डालेटसँग गरेकी थिइन् । डालेट एक उच्च कम्युनिस्ट अधिकारी थिए, जो स्पेन युद्धमा मारिएका थिए । त्यो बेला स्टिभ नेल्सन खाडी क्षेत्रमा बसेर सोभियत जासुससँग सम्पर्क बनाउँथे । ओपनहाइमरले म्यानहटन परियोजनाको सम्भावित योजनाबारे समेत नेल्सनलाई बताएका थिए ।

उनीहरू दुवै कम्युनिस्ट थिए। उनीहरूको एकाइलाई ‘मार्क्सवादी विमर्श समूह’ भनिन्थ्यो। यो समूहका बैठकमा ओपेनहाइमरले बडो आक्रोश र उत्तेजनापूर्ण तर्क गर्थे। प्राध्यापक चेभालियनकी पत्नीले हर्केनसँग स्वीकार गरेकी छन् कि, उनका पति र मित्र ओपेनहाइमर विश्वविद्यालयमा छँदा  कम्युनिस्ट थिए । हार्केनले ओपेनहाइमरका अर्का मित्र फिलिप मोरिसनसँग गरेको अन्तर्वार्ताअनुसार उनले फिनल्यान्डमा सोभियत हस्तक्षेपको पुष्टि गर्दै एक पर्चा नै लेखेका थिए । डेविट हकिन्स भन्छन्–‘ओपेनहाइमर पार्टी सदस्य थिए वा थिएनन् त्यो थाहा भएन, तर, उनको घरमा हुने पार्टी बैठकमा भने सहभागी हुन्थे ।’

त्यो बेला पार्टी सदस्य रहेकी इतिहासकार ग्रोडन ग्रिथित भन्छिन्–‘हामी महिनामा दुईपटक साँझतिर नियमित भेटघाट गर्थ्यौं । बैठक अक्सर चेभालियर वा ओपेनहाइमरको घरमा हुन्थ्यो । बैठकमा पार्टीको सदस्यता कार्ड देखाउनुपर्ने प्रचलन त दिएन, तर जो-जो बैठकमा आउँथे, आफूलाई कम्युनिस्ट नै ठान्थे ।’

फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) का प्रतिवेदनमा पनि यी कुरा उल्लेख छन् कि, बैठक ओपेनहाइमरको घरमा हुन्थ्यो ।

सन् १९४० मा चेभालियरको घरमा भएको वरिष्ठ कम्युनिस्टहरूको बैठकको दिन ओपेनहाइमरको कार घरबाहिर थियो । यो दृष्य सिनेमामा पनि झिलिक्क आउँछ। सन् १९४३ मा एफबीआईले केही कुराकानीहरूको गोप्य रेकर्ड गरेको थियो । विशेषतः अमेरिकी कम्युनिस्ट पार्टीका खाडी क्षेत्रका नेता स्टिभ नेल्सन र संगठन सचिव बर्नाडेट डोयल बीचको । यो कुराकानीमा दुवैले ओपेनहाइमर र उनका भाइ फ्र्यांक पार्टी सदस्य भएको भन्छन्। तर, सँगै नेल्सनले यो पनि भनेका छन् कि, ओपेनहाइमरचाहिँ निस्क्रिय छन्।

ओपेनहाइमरकी पत्नी किट्टीले दोस्रो विवाह जोसेफ डालेटसँग गरेकी थिइन् । डालेट एक उच्च कम्युनिस्ट अधिकारी थिए, जो स्पेन युद्धमा मारिएका थिए । त्यो बेला स्टिभ नेल्सन खाडी क्षेत्रमा बसेर सोभियत जासुससँग सम्पर्क बनाउँथे । ओपनहाइमरले म्यानहटन परियोजनाको सम्भावित योजनाबारे समेत नेल्सनलाई बताएका थिए ।

अमेरिकाले केही नयाँ अनुसन्धान गर्दैछ भन्ने सोभियत संघलाई थाहा थियो तर त्यो के हो र कस्तो हुन्छ, के परिणाम आउँछ भन्ने कुरामा भने मस्को बेखबर थियो। यो खबर स्टिभ नेल्सनले नै सनफ्रान्सिस्को स्थित सोभियत कन्सुलरमार्फत् दिएका थिए ।

अमेरिकाले केही नयाँ अनुसन्धान गर्दैछ भन्ने सोभियत संघलाई थाहा थियो तर त्यो के हो र कस्तो हुन्छ, के परिणाम आउँछ भन्ने कुरामा भने मस्को बेखबर थियो। यो खबर स्टिभ नेल्सनले नै सनफ्रान्सिस्को स्थित सोभियत कन्सुलरमार्फत् दिएका थिए ।

पार्टीको सदस्यता नबोक्नुले मात्र उनी कम्युनिस्ट नभएको पुष्टि हुँदैन । सन् १९३९ मा मस्कोमा भएको कम्युनिस्ट इन्टरनेसनलको बैठकमा अमेरिकी कम्युनिस्ट पार्टीका एक प्रनिनिधिले पेश गरेको प्रतिवेदानमा तीन प्रकारको पार्टी सदस्यको चर्चा गरेका छन् । कार्डधारी, दर्तावाल र शुल्क तिर्ने । यी तिनै प्रकार पार्टी सदस्य हुन् भनिएको छ ।

सन् १९५४ को ‘सुरक्षा सफाइ’ विवादमा किट्टीले ओपेनहाइमरले पार्टीका लागि योगदान गरे पनि त्यो अमेरिकी कम्युनिस्ट पार्टीमार्फत् नभएको बयान दिएकी थिइन, जो आफैँमा हास्यास्पद थियो तर, अनौठो के छ भने जीवनीकारले पत्याएको यो कुरा निर्देशक क्रिस्टोफर नोलानले पनि पछ्याएका छन्।

जहाँसम्म सोभियत अभिलेखको, नयाँ प्रमाणको कुरा छ– यसको चर्चा सन् २००९ को हाम्रो किताब स्पाइसः द राइज एन्ड फल अफ केजीबी इन अमेरिका मा पर्याप्त चर्चा गरिएको छ। यो किताब भासिलिभ नोटबुकमा आधारित हो, जसमा सन् १९४० मा सोभियत सैन्य जासुसी संयन्त्रले ओपेनहाइमरलाई एक सक्रिय जासुस बनाउन चाहेको उल्लेख छ ।

सन् १९४४ को मस्को र सन फ्रान्सिस्को कन्सुलर बीचको एक पत्रमा ओपेनहाइमरलाई गोप्य रूपमा नियुक्तको प्राथमिकतामा राखिएको र यस लक्ष्यलाई ‘चेस्टर’ कोड नाम दिएको कुरा  छ। तर, सोभियत संघ यो प्रयत्नमा सफल भने भएन । त्यसको प्रमाण सन् १९४४ मा केजीबीका सनफ्रान्सिस्को स्टेसन प्रमुख ग्रिगोरी खेइफेटिसले मस्कोलाई लेखेको प्रतिवेदन हो । यसमा उनी यो दर्शाउँछन् कि, ओपेनहाइमरलाई सक्रिय जासुस नियुक्त गर्ने प्रयत्न स्थगन गरिएको छ । किनकि, अमेरिकी कम्युनिस्ट पार्टीका एक अधिकारीका अनुसार ओपेनहाइमरको अमेरिकी सैन्य संलग्नता प्रष्ट भएपछि पार्टीले उनी र उनका भाइ फ्र्यांक दुवैलाई निलम्बन गरेको छ ।

म्यानहटन परियोजनामा सामेल भएपछि पार्टीका साथीभाइले उनीसँगको सम्बन्ध तोडेका थिए । ओपेनहाइमर पनि यही चाहन्थे । म्यानहटन परियोजनाका लागि जर्नेल लेस्ली ग्रोभ्सको आँखामा परेपछि ओपेनहाइमरले आफ्नो भूमिका बदलेका थिए । उनी आफैँ पनि कम्युनिस्ट पार्टीबाट टाढा हुन चाहन्थे । सुरक्षा चिन्ताको कारणले समेत उनी यसो गर्न बाध्य थिए ।

उनका कलेज मित्र तथा नोबेल पुरस्कार विजेता भौतिकशास्त्री अर्नेस्ट लरेन्सले उनलाई अरु सबै कुरा बिर्सेर एक समर्पित वैज्ञानिकको भूमिका गर्न भनेका थिए । सिनेमामा लरेन्सको भूमिकाको चर्चा छैन । खासमा म्यानहटन परियोजनामा ओपेनहाइमरको नियुक्ति लरेन्सको छनोटमा भएको थियो । नभन्दै ओपेनहाइमरको भूमिका बद्लिँदै गयो । उनको सोच पनि एक कम्युनिस्ट विरोधी उदारवादीको जस्तो बन्यो । सन् १९५० मा फेरि त्यही केजीबीको प्रतिवेदनमा लेखियो–‘ओपेनहाइमर एक नेतृत्वदायी प्रतिक्रियावादी वैज्ञानिक हुन्।’

कम्युनिस्ट सधैं कम्युनिस्ट नै भइरहन्छन् भन्ने छैन । समय क्रममा ती पूर्वकम्युनिस्ट, गैरकम्युनिस्ट वा कम्युनिस्टविरोधी पनि बन्न सक्दछन्। तर, ऐतिहासिक सत्यहरू भने लुकाउन हुँदैन कि, ओपेनहाइमर कुनै बेला कम्युनिस्ट पार्टीका सदस्य थिए । तर, ‘सुरक्षा सफाइ’ विवादमा भने ओपेनहाइमरले झुटो बोलेका थिए । त्यसको कारण उनले आफ्ना साथीभाइ र आफन्तलाई अप्ठ्यारो नपरोस् भनेर चिताएको हुन सक्दछ।

आफ्नै विगतका बारेमा झुटो बोल्नु नि:सन्देह ओपेनहाइमरका लागि ठूलो मनोवैज्ञानिक समस्या बनेको हुन सक्दछ । सुरक्षा सफाइका दृष्टिकोबाट झुट बोल्नु आफैँमा अभियोजन गर्न योग्य कुरा हो । कारण जेसुकै हो, उनले आफ्नो राजनीतिक विगतप्रति आत्मस्वीकारोक्ति गर्न भने चाहेको देखिएन।

ओपेनहाइमरको जीवन मानव जातिको इतिहासमा एक महान् वैज्ञानिक तथा इन्जियिनयरको उपलब्धि हो भन्न कुनै अप्ठ्यारो छैन । तथापि, उनको जीवनको नैतिक संस्करण भने निकै जटिल छ । उनको आफ्नै अस्पष्टताको कमजोरीले व्यक्तित्व विनासमा योगदान गर्दछ र जीवन ग्रिक–त्रासदीजस्तै बन्न पुग्दछ।

(कमेन्ट्रीबाट संक्षेपीकृत अनुदित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved