एसिया कप खेल्न सन्दीप गए पाकिस्तान

नेपालभ्युज

एसिया कप खेल्न सन्दीप गए पाकिस्तान

काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि सोमबार पाकिस्तान प्रस्थान गरेका छन् । लामिछाने कतारको दोहा हुँदै पाकिस्तान पुग्ने बताइएको छ ।

जबरजस्ती करणीको कसुरमा आइतबार अन्तिम सुनुवाइ हुने भनिए पनि मुद्दा स्थगित भएपछि सन्दीप सोमबार पाकिस्तान गएका हुन् ।

विमानस्थमा संचारकर्मीसँग कुरा गर्दै सन्दीपले एसिया कपमा नेपालले राम्रो प्रदर्शन गर्ने बताए ।

लामिछानेको अर्को पेसी भदौ २१ गते तोकिएकाले उनी नेपाल र भारतबीचको खेलपछि भदौ २० गते नेपाल फर्किने भएका छन् ।

एसियाकपमा नेपालले पहिलो खेल भदौ १३ गते पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । यस्तै १८ गते श्रीलंकामा भारतसँग खेल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved