एसियाकप खेल्न सन्दीप लामिछाने आज पाकिस्तान जाँदै

नेपालभ्युज

एसियाकप खेल्न सन्दीप लामिछाने आज पाकिस्तान जाँदै

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य एसियाकप खेल्न आज सोमबार पाकिस्तान जाँदैछन् ।

सन्दीप लामिछाने विहान ११ बजेर २० मिनेटमा कतार एअरवेजको जहाजबाट दोहा हुँदै पाकिस्तान जाने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

नाबालिग बलात्कार मुद्दा खेपिरहेका सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी  आइतबार हेर्न नभ्याइनेमा परेपछि उनी पाकिस्तान जाने बाटो खुलेको हो ।

अर्को पेसी भदौ ११ दिनपछि भएकाले सन्दीप एसिया कप खेल्न पाकिस्तान जाने भएका छन्। नेपाली टोली यही भदौको ५ गते नै पाकिस्तान गइसकेको भए पनि सन्दीप मुद्दाका कारण यतै रोकिएका थिए।

एसियाकपमा नेपालले पहिलो खेल भदौ १३ गते पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । यस्तै १८ गते श्रीलंकामा भारतसँग खेल्नेछ ।

अर्को पेसीअघि सन्दीपले दुवै खेल खेल्न पाउनेछन्। यदि नेपाल समूह चरण पार गर्दै शीर्ष चारमा उक्लिएको खण्डमा भने सन्दीप फेरि नेपाल आउनु पर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved