कांग्रेस अनुशासन समितिको कार्यविधि पारित

नेपालभ्युज

कांग्रेस अनुशासन समितिको कार्यविधि पारित

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यविधि, २०८० लाई संशोधनसहित पारित गरेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले सो कार्यविधि पारित गरेको हो ।

यसैगरी समिति संयोजक आनन्दप्रसाद ढुङ्गानाको अध्यक्षतामा बसेको बैठकले समितिको सचिवमा कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई मनोनयन गर्ने निर्णयसमेत गरेको छ । समितिको बैठक सोमबार बिहान ८ बजे पुनः बस्ने पार्टी कार्यालयले जनाएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved