ललिता निवास जग्गा प्रकरण : सङ्गठित अपराधमा उन्मुक्ति, किर्तेमा मात्र मुद्दा दर्ता

बालुवाटारस्थित ललिता निवास परिसरको जग्गा हिनामिनामा संलग्नहरूलाई सङ्गठित अपराधको आरोपमा मुद्दा नचलाउने सरकारी वकिल कार्यालयले निर्णय गरेको छ।

नेपालभ्युज

ललिता निवास जग्गा प्रकरण : सङ्गठित अपराधमा उन्मुक्ति, किर्तेमा मात्र मुद्दा दर्ता

काठमाडौं। बालुवाटारस्थित ललिता निवास परिसरको जग्गा हिनामिनामा संलग्नहरूलाई सङ्गठित अपराधको आरोपमा मुद्दा नचलाउने सरकारी वकिल कार्यालयले निर्णय गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले किर्ते र सङ्गठित अपराधमा मुद्दा चलाउनुपर्ने राय दिए पनि सरकारी कागजात किर्ते गरेको अभियोगमा मात्र मुद्दा चलाएको हो।

जिल्ला अदालत काठमाडौंमा किर्तेमा मात्रै मुद्दा दर्ता भएको छ। सरकारी वकिल कार्यालयका एक वकिलले भने, ‘‘सङ्गठित अपराधमा मुद्दा चलाउनका लागि प्रमाण नपुग्ने भएकाले किर्तेमा मात्र मुद्दा चलाइएको हो।’’

कानुन जारी हुनुभन्दा पहिले ललिता निवास जग्गा अनियमितता भएको निष्कर्षसहित किर्तेको अभियोगमा मात्रै कारबाही गर्ने माग दाबी लिएको जिकिर छ।

सङ्गठित अपराध निवारण ऐन, १२ चैत २०७० मा जारी भएको थियो। ललिता निवासको जग्गा हिनामिना प्रकरणअघिकै घटना भएकोले किर्तेमा मात्र मुद्दा चलाइएको बताइएको छ।

ललिता निवासको जग्गाबारे २०४९, २०६०, २०६२, २०६७ र २०६९ सालमा विभिन्न सरकारी निकायबाट निर्णय भएर सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved