संघीयता बचाउन केन्द्रीय सरकार प्रतिवद्ध छैनः विमलेन्द्र निधी

नेपालभ्युज

संघीयता बचाउन केन्द्रीय सरकार प्रतिवद्ध छैनः विमलेन्द्र निधी
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापती विमलेन्द्र निधीले संघीयता बचाउन र संघीय कानून कार्यान्वयनमा केन्द्रीय सरकार प्रतिवद्ध नरहेको बताउदै शान्तिपुर्ण संवैधानिक लडाई लडनुपर्ने बताएका छन् ।

जनकपुरधाममा आयोजित एक समारोहलाई सम्बोधन गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका नेता निधीले एक समय मधेस माने कांग्रेस र कांग्रेस माने मधेस बुझिए जस्तै पुनः सोही नारा र माहोल बनाउन जुट्नुपर्ने बताए ।

जनकपुरधाममा आधुनिकतालाई स्वीकार गर्दै आर्थिक गतिविधि हुनुपर्ने बताउँदै उनले महाविर युवा कमिटी जस्ता यहाँका युवाहरुले समाजिक गतिविधि बढाउनुपर्ने र समाजमा योगदान दिएकाहरुको खोजि गरी सम्मान गर्नुपर्ने बताए ।

उनले भने, ‘केन्द्रिय सरकार संघियताको मर्म अनुसार काम गर्न सकिरहेको छैन र प्रदेश सरकार पनि संघिय कानून अनुसारको अधिकारका लागि अग्रसर दैखिँदैन त्यसैले संघियता बचाउन आन्दोलनको आवयश्कता छ ।’

सो अवसरमा कमिटिको निर्वाचन अधिकृत राकेशविक्रम साहले कमिटिको नव निर्वाचित अध्यक्ष अजय गुप्ता सहित ११ सदस्यीय नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई शपथग्रहण गराएका थिए भने कमिटीका पूर्व अध्यक्षहरुले सामुहिक रुपमा नयाँ अध्यक्ष गुप्तालाई पदभार ग्रहण गराएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved