पार्टी रूपान्तरण र सुधारको काम आफैँबाट सुरु गरौँ : उपसभापति खड्का

नेपालभ्युज

पार्टी रूपान्तरण र सुधारको काम आफैँबाट सुरु गरौँ : उपसभापति खड्का

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी रूपान्तरण र सुधार आफैँबाट सुरु गर्नुपर्नेमा जोड दिएका छन् । काठमाडौं क्षेत्र नम्बर ३ को क्षेत्रीय भेलामा उपसभापति खड्काले गाउँ तहदेखि केन्द्रीय तहसम्मका सबै नेतालाई पार्टी रूपान्तरण र सुधारका लागि आफैँबाट सुरु गर्न सुझाव दिए ।

“अरुलाई भन्नुभन्दा हरेक नेता तथा कार्यकर्ताले आफैँबाट सुधार सुरु गर्नुपर्छ”, उनले भने, “पार्टीलाई जीवनका लागि टोल तहको नेतृत्वदेखि केन्द्रीय तहका सबैमा सुधार जरुरी छ ।”

उपसभापति खड्काले आम नेपाली जनता, मतदाता र पार्टी कार्यकर्ताले मन नपराएको र नगर भनेको कुरा नगर्दा मात्रै पनि पार्टीमा सुधार देखिने धारणा राखे । उनले जनताले औँल्याएका कमी कमजोरी सुधार गरी जाने संकल्प बोकेर काम गरे पार्टी सुधार र रूपान्तरण हुने बताए ।

पार्टीमा स्थापनाकालमा काम गरेका र नयाँ पुस्ता पनि रहेको भन्दै उहाँले पार्टीको निर्णय पनि त्यसैअनुसार व्यवस्थापन हुनुपर्ने भनाइ राख्नुभयो । उपसभापति खड्काले केन्द्रीय तहबाट हुनुपर्ने विभाग गठनमा केही ढिलाइ भएपनि चाँडै त्यसलाई पूर्णता दिने जानकारी पनि दिनुभयो ।

उनले सरकारले चाँडै लम्की स्किन रोगबाट पीडित किसानलाई राहत दिने र त्यसका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले काम गरिरहेको जानकारी पनि दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved