साउदी प्रो–लिगमा अल–नासर विजयी, रोनाल्डोको ह्याट्रिक

नेपालभ्युज

साउदी प्रो–लिगमा अल–नासर विजयी, रोनाल्डोको ह्याट्रिक

काठमाडौं। साउदी प्रो–लिगको नयाँ सिजनमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतले अल–नासरले विजय हासिल गरेको छ । अल नासरले अल फतेहमाथि ५–० को शानदार जित हासिल गरेको हो ।

खेलको  २७औँ मिनेटमा साडियो मानेले  अल–नासरलाई अग्रता दिलाएका थिए । रोनाल्डोको उत्कृष्ट ब्याक हिल पासमा मानेले खेलको गोल गरेका हुन्। यस्तै, पहिलो हाफको अन्त्यतिर रोनाल्डोले टोलीको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको सुरुवातमा पुन: रोनाल्डोले अर्को गोल थपे । खेलमा पूर्ण नियन्त्रण बनाएको नासरका लागि चौथो गोल साडियो मानेले ८१औँ मिनेटमा गोल गरे । इन्जुरी समयमा रोनाल्डोले तेश्रो गोल थप्दै आफ्नो ह्याट्रिक पूरा गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved