हर्क साम्पाङलाई अदालतको आदेश- व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्नू

नेपालभ्युज

हर्क साम्पाङलाई अदालतको आदेश- व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्नू

काठमाडौं । उच्च अदालत विराटनगरले धरानका मेयर हर्क साम्पाङलाई व्यक्तिको जग्गामा जबर्जस्ती प्रवेश नगर्न र जग्गाधनीलाई धरपकड नगर्न आदेश दिएको छ।

उच्च अदालतका न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले साम्पाङलाई व्यक्तिको जमिनमा प्रवेश नगर्न र उनीहरूमाथि धरपकड नगर्न आदेश दिएको हो।

पर्यटन व्यवसायी रोशन अधिकारी र रोजिना अधिकारीले आफ्नो जमिनमा प्रवेश गरेर धरपकड गरेको भन्दै साम्पाङविरूद्ध रिट दायर गरेका थिए ।

आदेश आएपछि साम्पाङले सामाजिक संजालमा लेखेका छन् “उच्च अदालतको निर्णयलाई स्वागत गरें !”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved