मेस्सीको टोली इन्टर मियामी यूएस ओपन कपको फाइनलमा

नेपालभ्युज

मेस्सीको टोली इन्टर मियामी यूएस ओपन कपको फाइनलमा

एजेन्सी । लियोनल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामी क्लब यूएस ओपन कपको फाइनलमा पुगेको छ ।

आज बिहान भएको खेलमा सिन्सिनाटिलाइ पेनाल्टीमा हराएर मियामी उपाधि नजिकै पुगेको हो । सेमिफाइनलको खेलको निर्धारित र अतिरिक्त समय ३-३ गोलको बराबरि भएको थियो ।

पेनाल्टीमा पुगेको खेलमा मियामीले सिन्सिनाटिलाइ ५-४ ले हराउन सफल भयो । केही दिन अघि मात्र मियामीले लिग्स कपको उपाधी जितेको थियो ।

अर्को खेलमा रियल साल्ट लेकलाई हराउँदै ह्युस्टन डाइनामो पनि फाइनलमा पुगेको छ । फाइनल सेप्टेम्बर २७ मा खेलिनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved