कीर्तिपुरमा रातभर कुखुराको खोरमा थुनिएको चितुवाको उद्धार

नेपालभ्युज

कीर्तिपुरमा रातभर कुखुराको खोरमा थुनिएको चितुवाको उद्धार

काठमाडौं। काठमाडौंको कीर्तिपुरमा कुखुराको खोरमा थुनिएको चितुवाको उद्धार भएको छ ।

डिभिजन वन कार्यालय काठमाडौंबाट खटिएको टोलीले चितुवालाई बेहोस बनाएर उद्धार गरेको प्रहरी वृत कीर्तिपुरले नेपाल भ्युजलाई जानकारी दिएको छ ।

गएराति कीर्तिपुरको थापागाउँमा कुखुरा खान आएको चितुवाले सुतिरहेका एक व्यक्तिलाई आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट उनी घाइते भएका छन् । चितुवा पनि घाइते भएको छ ।

स्थानीयले चितुवालाई कुखुराको खोरमा थुनेका थिए । रातभरी स्थानीय र प्रहरीले चितुवा कुरेका थिए ।

बिहान मात्रै डिभिजन वनको टोली गएपछि चितुवाको उद्धार भएको हो । घाइते व्यक्तिको अवस्था सामान्य छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved