भैंसीलाई नियन्त्रणमा लिन डार्ट प्रहार

नेपालभ्युज

भैंसीलाई नियन्त्रणमा लिन डार्ट प्रहार

काठमाडौं। बुद्धनगरस्थित ज्ञान निकेतन स्कुल स्कुलभित्र पसेको भैंसीलाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालयको टोलीले डार्ट प्रयोग गरेको छ ।

स्थानीयलाई आतंकित पारेको उक्त भैंसीलाई डिभिजन वन कार्यालयको प्राविधिक टोलीले डार्ट प्रहार गरी नियन्त्रणमा लिएको हो ।

वन अधिकृत अशोक पराजुलीका अनुसार डार्ट सफल भएकोले भैंसी लठ्ठिएर बेहोस भएपछि नियन्त्रणमा लिइएको थियो ।

बुद्धनगर र शंखमूल क्षेत्रमा आज बिहान अनियन्त्रित अवस्थामा हिँडेको भैंसीले आक्रमण गर्न सक्ने डरले स्थानीय आतंकित थिए । उक्त भैंसी गल्लीगल्ली चहार्दै ज्ञान निकेतन स्कुलभित्र प्रवेश गरेर ग्यारेजमा बसेको थियो । डार्ट लागेर भैंसी छटपटिँदै र स्कुल परिसरभित्र हिँडिरहेको छ ।

भैंसीलाई सशस्त्र र नेपाल प्रहरीको टोलीले निगरानी गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved