१४ घण्टादेखि मुग्लिन-नारायणगढ सडक बन्द, पहिरो झर्न रोकिएन

वैकल्पिक सडक प्रयोग गर्न आग्रह

गएराति ८ बजेदेखि बन्द रहेको मुग्लिन-नारायणगढ सडकखण्ड अझै खुलेको छैन । अझै पहिरो झरिरहेकाले सडक खुलाउन लामो समय लाग्ने अनुमान छ ।

नेपालभ्युज

१४ घण्टादेखि मुग्लिन-नारायणगढ सडक बन्द, पहिरो झर्न रोकिएन

काठमाडौं। गएराति ८ बजेदेखि बन्द रहेको मुग्लिन-नारायणगढ सडकखण्ड अझै खुलेको छैन ।

मुग्लिन-नारायणगढ सडक खण्डको नाम्सि पुल नजिकै खसेको भिषण सुख्खा पहिरोका कारण सडक पुर्ण रूपमा अवरुद्ध भएको हो ।

सडक डिभिजन प्रमुखको नेतृत्वमा ईन्जिनियर, सब ईन्जिनियर, मेशिन अपरेटर, सुपरभाइजर लगायतका टोली उक्त स्थानमा अनवरत रूपमा खटिएर डिभिजनको ४ वटा मेशिनबाट लगातार रूपमा अहिलेसम्म पहिरो पन्छाउने कार्य भईरहेको  सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

अझै पहिरो झरिरहेकाले सडक खुलाउन लामो समय लाग्ने अनुमान छ ।

सडक डिभिजन कार्यालयले पहिरोका कारण रोकिएका सवारीसाधन लगायत यात्रुलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ । यस्तै,  आज  यो सडक हुँदै यात्रा नगर्न र वैकल्पिक बाटो हुदै यात्रा गर्न आग्रह गरेको छ ।

“हिजो राति १० बजेदेखि लगातार पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पूरै पन्छाउन अझै पाँचदेखि छ घण्टा लाग्छ सक्छ”, सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले भने ।

रातभर पहिरो पन्छाउने काम गरिएको भए पनि बिहानसम्म ६० प्रतिशतमात्र पन्छाउन सफल भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । उनका अनुसार चार मेसिन पहिरो पन्छाउन प्रयोग भए पनि साँघुरो भएका कारण आलोपालो चलेका छन् ।

ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी नायब निरीक्षक चुडामणि पोखरेलका अनुसार काठमाडौँबाट गएका सवारीसाधनलाई मुग्लिन, कुरिनटार, फिस्लिङ र धादिङमा रोकिएको छ भने पश्चिम र पूर्वबाट आएका सवारीसाधनलाई भरतपुरका विभिन्न क्षेत्र र नवलपुरको गैँडाकोटमा रोकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved