माइकल ज्याक्सनसँग जोडिएका यौन मामलामा फेरि हुनेछ सुनुवाई, मृत्यु पछि बन्द भइसकेको थियो केस

नेपालभ्युज

माइकल ज्याक्सनसँग जोडिएका यौन मामलामा फेरि हुनेछ सुनुवाई, मृत्यु पछि बन्द भइसकेको थियो केस

एजेन्सी । ‘किंग अफ पप’ को नामबाट चर्चित माइकल ज्याक्सनको सन् २००९ जुनमा भएको अचानक निधनले दुनियाँभरका उनका प्रसंशकहरुलाई चकित बनाएको थियो ।

माइकल ज्याक्सन र विवादहरु उनको जीवनमा सँगसँगै चलिरहे । उनको मृत्यु भएको यति वर्षपछि पनि उनीसँग जोडिएका विवादहरु अगाडि आइरहेका हुन्छन् ।

चर्चित पप गायक माइकल ज्याक्सनले सन् २००० को दशकको शुरुआती दिनमै यौन उत्पीडनका आरोपहरुको सामना गर्नु परेको थियो । उनीमाथि उनकै टीमका केही पुरुष तथा महिलाहरुसँग कथित रुपमा यौनहिंसा गरेको आरोप थियो ।  माइकल ज्याक्सनको मृत्युपछि यौन उत्पीडनसँग सम्बन्धित उनका फाइलहरु बन्द गरिएको थियो तर अब एकपटक फेरि उनीविरुद्ध लगेका आरोपहरुको मुद्दा चलाइनेछ ।

मिडिया रिपोर्टहरुका अनुसार दुई जना व्यक्तिले दावी गरेका छन् कि माइकल ज्याक्सनले त्यतिबेला उनीहरुमाथि यौन शोषण गरेका थिए जतिबेला उनीहरु बच्चा थिए । क्यालिफोर्नियाको एक अदालतले शुक्रबार १८ अगस्तमा सुनाएको फैसला अनुसार दिवंगत गायकको स्वामित्वमा रहेको कम्पनीविरुद्ध मुद्दा अगाडि बढाउने सक्ने बताएको छ ।

उक्त कोर्ट अफ अपिलले दिवंगत गायकको निर्माण कम्पनी विरुद्ध दुईवटा मुद्दालाई पुनर्जीवित गरेको छ, जसमा दुई व्यक्ति जेम्स सेफचुक र वेड राबसनको तर्फबाट आरोप लगाइएको थियो ।

यसअघि सेफचुक र राबसनले माइकलको कम्पनी एमजेजे प्रोडक्सनमाथि मुद्दा दर्ता गरेका थिए । तर उनीहरुको मुद्दालाई लस एन्जल्स काउन्टी सुपीरियर कोर्टका जजले खारेज गरेका थिए ।

उनको भनाईअनुसार कम्पनी यस घटनाप्रति उत्तरदायी हुँदैन भनेका थिए । त्यसपछि दुई वर्षमा क्यालिफोर्निया कोर्ट अफ अपिल फर सेकेन्ड डिस्ट्रिक्ट को उच्च अदालतले उक्त फैसलालाई उल्टाइदिएको छ ।

माइकल ज्याक्सन अमेरिकी पप गायकी र मनोरञ्जनको संसारका सबैभन्दा लोकप्रिय कलाकार बनेका थिए । उनको २५ जुन २००९ मा लस एन्जिल्स स्थित आफ्नै घरमा हृदयघातका कारण निधन भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved